चितवन,

नारायणघाट मुग्लिन सडक खण्ड पर्यटक सवारी साधनको लागि जाममा बस्न पर्ने बाध्यता हटेको छ । चितवनमा जारी हात्ती महत्सवलाई मध्यनजर गर्दै हरियो नं प्लेट भएको पर्यटक बोकेको सवारी साधनलाई कुनै पनि समय रोक तोक नहुने जानकारी डिभिजन सडक कार्यलय भरतपुरले दिएको हो ।

gसडक निर्माणको कार्य समयमा नै नसकिने सम्भावना बढेपछि सडक विभाग र ठेकेदार कम्पनीविच दैनिक ४ घण्टा सवारी साधन रोकेर काम सञ्चालन गर्न लागिएको थियो तर चितवनमा रहेका विश्वसम्पदा सुचिकृत नेपालको सम्पति हेर्न प्रर्यप्त मात्रामा पर्यटक चितवन पुग्ने गरेको हुनाले त्यसलाई मध्यनजर गर्दै पर्यटक बोकेको गाडिलाई निर्वाध गुड्न पाउने वातावरण गराएको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया