रुकुम,
चुनवाङ त्यहि ठाउ जस्लो प्रचण्डलाई विद्रोही नेताको रुपमा विकाश गरेको । जनयुद्धको उदगमविन्दु मानिने रुकुमा प्रचण्डले लामो समय विताएको थिए । शान्तीवार्ता गरेको १२ वर्षपछि देशको प्रधानमन्त्रीको हैसियातमा शनिबार चुनवाङ पुग्दा जनताको पहिला जस्तो साथ थिएन् ।

उनै प्रधानमन्त्री आउने भएपछि फुटेर बाकी रहेको उनका कार्यकर्ता र केहि सरकारी कर्मचारी बाहेक अन्य मानिसको उत्साह उपस्थिती कम देखिएको थियो । स्वयम्र प्रचण्डमा पनि त्याति जोस जाँगर थिएन् । उनको लागि चुनवाङ ऐतिहासिक थलो हो । उनले त्यहा बसेर केहि दललाई गाली गरेर भने सहिदको सपना पुरा गरेर देखाउछु । तर भन्नमा मात्र हो भन्ने आम मानिसहरुले बुभिसकेका छन् ।

रुकुममा युद्ध पर्यटनको विकास गर्ने उदेश्यले थालिएको गुरिल्ला ट्रेलको उद्घाटन गर्न चुनवाङ पुगेका प्रधामन्त्री प्रचण्डले चुन्बाङबाटै ११ दिन हिडेर आफुहरु १२ बुँदे सम्झौता गर्न काठमाडौ पुगेको स्मरण गरे

शनिबार बिहान हेलिकोप्टरमा रुकुम पुगेका प्रचण्डले भावुक हुँदै भने, ‘आज चुनवाङ आउँदा म निकै भावुक भएको छु । यहाँ विताएका युद्धकालीन पलहरु मेरो सामुन्नेमा नाचिरहेका छन्’। उनले युद्धमा चुन्बाङबासीले बगाएको रगत खेर नजाने बताए।
पहिला आफै हिडेर र दुख गरेर पुग्ने प्रचण्ड शनिबार हेलिकप्टरबाट थोरै समयका लागि पुगेका उनले समय मिलाएर कुनै दिन बस्ने गरि आउनेछु र दख साट्नेछु । तर विगत १२ वर्षमा उनलाई कुनै समय मिलेको छैन् । अनि आशा गरेका छन् जनताले कहिले चाहि प्रचण्डले दुख पाउने छन् र रुकुम आउने छन् ।

 

 

Please share us on:

तपाईको प्रतिक्रिया