काठमाण्डौँ,

प्राविधिक नाममा भुकम्पपिडितको नामबाट लाखौँ जनताको नाम छुटाईदिएर भुकम्पपिडितलाई घात गरेका इन्जिनियरहरुले अहिले सरकार पनि धोका दिएका छन् । सतहमा जनताको लागि भनेर माग राखे पनि उनीहरुल तलब र भत्ताको लागि सामुहिक राजीनामा दिएका हुन् । जस्ता कस्तो बसेका छन् भन्दा पनि जनता भन्दा पहिला प्राविधिकको माग पुरा हुनपर्छ भनेर माग रोखेका छन् ।

विहिबार सरकार तथा पुननिर्माण प्राधिकरणले ७५ प्रतिशत तलब भत्ता बढाउने निर्णय गरे पनि प्राविधिक तथा इन्जिनियरहरु काममा नफर्कने मनशाय राखेको देखिन्छ । तर उनीहरुको माग १०० प्रतिशत तलव भत्ता बढाउने नभए त्यहि बढेको सेवा सुविधा लिएर भए पनि काम फर्कने योजना रहेको बुझिएको छ ।

सेवा सुविधा बढाउनु पर्ने माग राख्दै करिव एघार सय प्राविधि तथा इन्जिनियरहरुले सामुहिक राजिनामा दिएका थिए भने सरकारले करारमा करिव २७ सय प्राविधिकलाईइ नियूक्ती गरेको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया