काठमाण्डौँ,

२ वर्ष पहिले नै तया भईसकेको काठमाण्डौँ नागढुङगाा, धादिङको नौविसे सुरुङ्ग मार्गको काम अब अगाडि बढ्ने भएको छ । आगामी विहिबार नेपाल सरकार र जापान सरकारको प्रतिनिधि जाईका विच सम्झौता हुन लागेको हो ।

जापान सरकारको १७ अवै सहुलियतपुर्ण ऋण सहयोगमा बन्न लागेको उक्त सुरुङ्ग मार्गले काठमाण्डौँदखि नौविसेसम्म करिव ८ किमि बाटो छोटिनुको साथै लामो जाम र दुर्घटना पनि कम गर्ने छ । अन्तराष्ट्रिय स्तरको बन्ने सुरुङ्ग मार्ग बनाउन करिव २२ अर्व लाग्ने अनुमान गरिएको छ ।

कागजी प्रकृय सुरु भए पनि सुरुङ्ग बनाउने काम भने सन् २०१८ बाट सुरु भई २०२२ मा सक्ने लक्ष्य राखिएको छ । नागढुङगाको डाडाबाट ८० मिटर गहिराई सुरुङ्ग बन्ने हुदाँ कसैलाई पनि असर नपर्ने जनाईएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया