खबर कर्नर
स्पेनिस फुटबल लालिगा अन्र्तगत रियल मड्रिडलाई भिल्ला रियलले बराबरीमा रोकेको छ । आज भएको खेलमा रियलका कप्तान सर्जियो रामोसले ह्यान्ड गरेपछि खेलको ४५ औ मिनेटमा पाएको पेनाल्टीलाई भिल्ला रियल कप्तान ब्रुनोले गोल गरेका थिए । १ गोलले पछि परेको अवस्थामा मध्यान्तर लगतै ४६ औ मिनेटमा रियलका कप्तान सर्जियो रामोसले हेड गोल गर्दै बराबरीमा ल्याए । त्यसपछि दुबै पक्षले गोल गर्न नसकेपछि खेल बराबरीतर्फ अगाडि बढेको हो । आज रियलले जितेको भए जिदान र रियलको नाममा नयाँ जितको इतिहास बन्ने थियो । धेरै जित बनाउने इतिहासबाट रियल मड्रिड चुकेको छ । रियलका ठुला स्टारहरु आज निरिह देखिएका थिए ।