काठमाडौँ,
निकै विवाद र बहस पछि सरकारले नियुक्त गरेको आइजिपि जयबहादु चन्दको निर्णय सवौँच्चले उत्प्रषण आदेश मार्फत बदर गरिदिएको छ ।
प्रधानन्याधीस सुशिला कार्कीसहित न्यायाधिसशरु हरिकृष्ण कार्की,ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पुर्ण इजलासले लामो समय देखि रोकिदै आएको सुनुवाई तथा बहसको विवादलाई अन्तिरुप दिएको हो । यो सँगै बढुवा भएको जयबहादुर चन्दलाई मदवहाली गर्न बन्देज लागेको हो ।
सरकारलाई सर्वौच्चले कार्यसम्पादनको मुल्याकंन गरी बरियाताको आधारमा आइविपि नियुक्त गर्न सुझाएका छन् ।
जयबहादुर चन्द नवराज सिलवाल भन्दा जुनियार हुन् । सरकारले जय बहादुर चन्दलाई आइजिपिमा बढुवा गरेपछि नवराज सिलवालले सर्वौच्चमा रिट हालेका थिए । चन्द दोेस्रो वरियतामा रहेको थिएभने सिलवाल दोस्रोमा थिए । सर्वौच्चको निर्णयसँगै आईजिपि बढुवा प्रक्रिया खुल्ला भएको छ ।