काठमाडौँ,

नेकपा एमाले मेची महाकाली अभियानमा सहयोग गर्ने पु¥याउनेहरुको सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओलीले नेपालका वुद्धिजिविहरुलाई तिखो प्रहार गरेका छन् । राजविराजको घटनालाई लिएर वुद्धिजिविहरुले भ्रम फलाउने काम गरेको आरोप लगाए । एमालेले कुनै पनि जातिय क्षेत्रिय द्धोष फैलाएको छैन् क्षेत्रिय र जातिय पार्टी खोल्नेहरु यस्तो अफवाह फैलाएको आरोप लगाए । उनले वुद्धिजिविहरुलाई श्रीमान् गम्भिर छोडेर यो नेपालको शिर उचाली लेख्न आग्रह गर्नु भएको छ । वुद्धिजिविलाई पनि सहि र गलत के छुट्याउनको लागि आग्रह गरे ।

कांग्रेस सभापतिको नामै लिएर एमालेको कारण देश अनिणयको बन्दी भएको भन्ने आरोपको ठाडो रुपमा खण्डन गरे । कि त शेर बहादुर जीले बुझनु नै भको छैन् कि बुझेर नि बुझ पचाए जस्तो गर्नु भएको हो । कांग्रेसले देशको वास्तविक परिस्थितिलाई बुझने प्रयास समेत नगरेको जसो बाउन बाजे उसै यसै स्वाह गर्ने गरेको आरोप लगाए । देश र राष्ट्रियताको सवाल नेकपा एमाले सबैदलसँग सवांद गर्न तयार रहेको समेत बताए । राष्ट्रियताको नारा र ढृढ सकल्प बोकेको कारण एमालेलाई एक्ल्याउनको काम भइरहेको छ । तर एमालेले त्यसलाई विफल पारिदिने छ ।त्यस्तो सोच कसैले पारेर बसेको छ भने त्यो सपना मात्र हुनेछ ।

महान्याधिवक्ताले स्वतन्त्र न्यायलयालाई पार्टीकरण गर्न खाजेको आरोप लगाए । उनकै आदेशमा निर्वाचनको आयोगले कुनै दलको विधान नै संशोधन गरिदिएको बताए । यस्तो अधिकार कसैलाई नहुने बताए । सक्छौ भने देश टुक्राउछु भन्ने विधान संशोधन गर्न पनि आग्रह गरेका छन् ।

कसैले एमालेको मेची महाकाली अभियान सकियो प्रदेश न. २ जान सकेन भनेर भन्छ भने त्यो मिथ्या हुने जानकारी दिए । केहि दिनभित्र नै एमाले प्रदेश न. २ कार्यक्रम लिएर जाने उद्घोष गरे । कसैले रोकेर यो कार्यक्रम नरोकिने जानकारी दिए ।
एमालेमा बाहिर भनिए जस्तो गुटबन्धी नभएका जिकिर गरे । सबैले एक्लाउने लागेको अवस्थमा के को गुटबन्धी कस्का लागि गुटबन्धी भनेर प्रतिप्रश्न गरेका छन् । कुनै कुनामा बसेर गुटबन्दी गर्नु पर्ने अवस्था एमालेमा नभएका बताएका छन् । उक्त सम्मान कार्यक्रममा माधव नेपाले पनि सम्बोधन गरेका थिए । देश अहिले गम्भिर अवस्थामा रहेको यो गम्भिर अवस्थाबाट पार गराउनको लागि एमालेको काधँमा जिम्मेवारी आएको बताएका थिए । उनले मेची महाकाली अभियानमा सहयोग गर्ने सम्पुर्णलाई धन्याबाद ज्ञापन गरेका थिए ।

एमालेले मेची महाकाली अभियानलाई साथ दिने पत्रकार वुद्धिजिवी शुभचिन्तक लगायतलाई सम्मान गरेको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया