काठमाडौँ,
नेकपा एमालको स्थायी समितीको बैठक मंगलबार बिहान बसेको छ । बैठकमा सरकारले तोकेको स्थानिय तहको निर्वाचनमा केन्द्रित रहेको थियो । पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बसेको बैठकले बैशाख ३१ गतेको निर्वाचनलाई आफनो पक्षमा पार्नको लागि सम्पुर्ण पार्टीपंक्तीलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकमा मुख्य ३ विषयमा गहन छलफल भएको छ । जुन निर्णयगतरुपमा अगाडि सारिएको छ । जस्लाई एमालेले मंगलबार बसेको स्थायी समिति बैठकको मुख्य निर्णय मानेको छ ।
१.सरकार र निर्वाचन आयोगलाई निर्वाचन सम्बन्धी भ्रम चिर्दै निर्वाचन हुने ग्यारेण्टी गर्न ध्यानाकर्षण गराएको छ ।
२.निर्वाचन आयोगले लागु गरेको आचारसंहिता विपरित सरुवा भढुवा जस्ता सरकारबाट हुने सम्मपुर्ण कामकारबाहीलाई अनुगमन गर्न आग्रह ।
३.संविधान संशोधनमा पाटीको अडान कायम राख्दै ९ पार्टीसँग छलफल गरेर एकिकृत धारण बनाउने ।