काठमाण्डौ,

यातायात व्यवस्था विभागमा नयाँ महानिर्देशक आएसँगै केहि सुधारका कामहरु गर्ने संकेत दिएका छन् । यातायात व्यवस्था विभागमा नियुक्त भएर आएका रुपनारायण भट्टराईले एक चोटि लिखित परिक्षा पास भएर लाइसेन्स निकालेकाहरुलाई वर्ग थप्नको लागि पुन लिखित परिक्षा दिन नपर्ने निर्णय गरेका छन् ।

यसअघि लाइसेन्सको वर्ग थप्नको लागि पनि पुन लिखित परिक्षा दिनु पर्ने हुन्थ्यो । यो प्रक्रिया अब्यवहारिक भएको भन्दै नयाँ महानिर्देशकले पुन लिखित परिक्षा दिन नपर्ने निर्णय गरेका हुन् । अब मोटर साइकल चालकको अनुमति पत्र बोक्नेहरुले सिधै कारको अनुमति पत्र लिन ट्राइलको फर्म भर्नसक्नेछन् ।

कारकोले बसको फर्म भर्न सक्नेछन् । यसले गर्दा दाहो¥यएर लिखित परिक्षा दिन पर्ने झन्झटको अन्त्य भएको भट्टराईले बताएका छन् । यसबाट आम सवारी चालकहरुलाई सहज वातावरणमा अनुमतिपत्र लिन पाउने व्यवस्था भएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया