काठमाडौँ,
राप्रपा नेपालको विधानमा हिन्दु राष्ट्र र राजतन्त्र निर्वाचन आयोगले हटाइदिएपछि राप्रपा नेपाल निर्वाचन आयोगसँग रुष्ट बनेको छ । राप्रपाको अध्यक्ष कमल थापाले एक कार्यक्रममा बोल्दै एमालेको र माओबादीको विधानलाई निर्वाचन आयोगले केहि गर्न सक्छ कि सक्दैन भनेर सोधेका थिए ।
देशकै परिवर्तन भनेर यो देशमा जनयुद्धको नाममा जंगल जाने पनि छन् । यस्तो अवस्थामा चाहि निर्वाचन आयोगले केहि गर्न नसक्ने तर राप्रपालाई चाहि किन यस्तो ? कमल थापाले भने । राप्रपाले निर्वाचन आयोगलाई उक्त निर्णय सच्याउन पनि आग्रह गरेका छन् ।
त्यस्तै राप्रपाले निर्वाचन आयोगको उक्त संशोधित विधानलाई सच्याउनको लागि चैत्र ७ गते प्रत्येक जिल्लाको निर्वाचन कार्यलयमा विरोध सहित ज्ञापन पत्र बुझाउने जनाएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रको लागि संविधान संशोधनको पक्षमा लाग्ने पनि जनाएको छ ।