काठमाडौँ,

निर्वाचन आयोगले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई स्थानिय तहको निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउनको लागि आग्रह गरेका छन् । शुक्रबार निर्वाचन आयोगको कार्यलयमा सुरक्षा प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यावस्था चुस्त र भरपर्दो पार्नको साथै सदरमुकामदेखि गाउँपालिका लगायत मतदाताको समेत सुरक्षा व्यावस्था गर्न आग्रह गरिएको निर्वाचन आयोगले जनाएका छन् ।

गृहमन्त्रायको अनुसार निर्वाचनको लागि सुरक्षा रणनिति बनिसकेको र यसमा चिन्ता नलिन आग्रह गरेको छ । करिब २ लाख २६ हजार सुरक्षाकर्मी र ६० हजार म्यादी प्रहरी निर्वाचनको लागि खटाउने जनाएको छ । स्थानिय निर्वाचनको लागि नेपाल प्रहरी,सशत्र प्रहरी र नेपाली सेना परिचालन गर्ने जनाएको छ ।

मधेशी मोर्चाले निर्वाचनमा भाग नलिने भने पनि सरकारले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोगले तिव्ररुपमा प्रक्रिया थालेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया