काठमाडौँ,

सानो दलको अध्यक्ष भए पनि सरकारमा प्राय सहभागि जनाइरहने पश्चिमका नेता प्रेमबहादुर सिंहको पार्टीलाई सर्वोच्चले सफाय दिएको छ ।

निर्वाचन आयोगले आयोगको ऐन,२०६३ को दफा २४ को उपदफा १ को (ख) बमोजिम लगातार ३ वर्षसम्म प्रचलित कानुन बमोजिम आयोगलाई बुझाउनु पर्ने विवरण नबुझाएको भन्दै सिंह नेतृत्वको दल समाजवादी पार्टीलाई खारेजी गरेको थियो । तर प्रेमबहादुर सिंहले दलदर्ता खारेजिविरुद्धमा सर्वौच्चमा दायर गरेको रिटमा शुक्रबार सुवुवाई गर्दै सर्वौच्च अदालतले निर्वाचन आयोगलाई निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको छ ।

हाललाई निर्वाचन आयोगको मिति २०७२ फागुन २१ गतेको निर्णय कार्यान्वयन नगर्नु भनी सर्वौच्चले भनेको छ । सर्वौच्च अदालतका न्यायाधीस गोपाल पराजुली र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले निर्वाचन आयोगको नाममा समाजवादी पार्टीको दर्ता खारेजी सम्बन्धी निर्णय कार्यान्वयन नर्गन आदेश दिएको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया