धनगढी,
नेकपा एमालेको मेची-महाकाली अयिान धनगढि पुगेको छ । धनगढीको सभालाई सम्बोधन गर्दै नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओलीले मिलेर बसेको जनतालाई फाटो ल्याउने काम मधशी मोर्चा र सरकारले गरको आरोप लगाएका छन् ।
उनले पछिल्लो पटकको प्रदेश न. ५ लाई टुक्राउनको खेल पहाड र तराई बिचको प्रगाढ सम्बन्धलाई धमिल्याउने काम भएको बताएका छन् । एमालले कुनै पनि हालतमा संविधान संशोधन पास हुन नदिने अडान दो¥यए । एमाले नेपाली जनता र देश प्रति बफादार छ त्यसकारण जनतलाई भ्रममा राखेर गरिने कुनै पनि कार्य एमालेलाई स्वीकार्य नभएका बताएका छन् ।
संविधान संशोधन नभई निर्वाचन हुन दिन्न भन्नु मधेशी मोर्चाको अल्प ज्ञान भएको र निर्वाचन संविधान संशोधन बिच धेरै अन्तर भएका बताए । ओली यि दुइ फरक पाटो रहेकोले विबादमा नअल्झिकन स्थानिय तहको निर्वाचनमा जानु पर्ने बताए ।