काठमाडौँ,
मधेशी मोर्चा र प्रधानमन्त्रीबिच बुधबार भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चा समक्ष सिमांकनको समस्या आयोग मार्फत समाधान गर्ने र बाकी संशोधनको प्रक्रियामा लाने भनेर मोर्चा प्रस्ताव गरेका थिए ।
मोर्चा पनि यो विषमा सकारात्मक रहेको प्रधानमन्त्री कार्यलयले जनाएको छ । मधेशी मोर्चाले सकारलाई दिएको सर्मथन फिर्ता लिएको जनाएपचि प्रधानमन्त्री एकाएक तातिएका हुन् । सिमांकन संशोेधन मार्फत पारित नहुने र अन्य विषयलाई विषय वस्तु थप घट गरेर भए पनि पारित गर्ने मनस्थितिमा मोर्चा पनि पुगेको बुझिएको छ ।
यस विषयमा मोर्चाको बैठक बसेर जानकारी दिने बताएको छ । पछिल्लो समय मधेशी मोर्चाको हरेक आन्दोलनमा सरकारले धेरै बल प्रयोग गरेको आरोप मधेशी मोर्चाले लगाएको छ ।