खबर कर्नर,

प्रमुख तीन दलको शिर्ष नेताहरुको बैठक भर्खरै सकिएको छ । बैठकमा सप्तरी घटना र एमालेको मेची महाकाली अभियानको बारेका छलफल भएको बालुवाटार स्रोतले बताएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले एमालेले संञ्चालन गरेको मेचि महाकाली अभियानमा सुरक्षाको प्रत्याभुति नगराएको आरोप लगाएका छन् । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई के अब एमालेले यो देशमा सभा सम्मेलन गर्न नपाउने हो भनेर सोधेका थिए र एमालेको कार्यकर्ता तराईमा असुरक्षित भएको जानकारी गराएका थिए ।

प्रतिउत्तरमा प्रधानमन्त्रीले एमालेले मेची महाकाली अभियान संञ्चालन गर्ने समय गलत भएको हो कि भनेर जवाफ दिएका थिए । तर पनि सरकार सुरक्षाको व्यवस्था मिलाउन लागेको जानकारी गराएका थिए । एमालेका उपाध्यक्ष बामदेव गौत्तमले सरकारले शान्ति सुरक्षा पनि दिन नसकेको र प्रहरीको मनोबल गिराउने कार्यमा लागेको बताएका थिए । तर उप तथा गृह मन्त्री विमलेन्द्र निधिले एमालेले तराई मधेशको अवस्थालाई अध्ययन नगरी मेची महाकाली अभियान सुरु गरेर गल्ति गरेका बताएका थिए ।

त्यस्तै बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले एमालेलाई स्वंयमित हुन आग्रह गरेका थिए भने प्रति उत्तरमा एमाले बामदेव गौत्तमले एमालेले मात्रै सबै कुरा सहन पर्ने हो । तराइबाट आफना कार्यकर्ता लखेटिएका छन् घरहरु तोडफोड गरेका छन् त्यो सबै सहेर बस्न पर्ने अनि राम्रो नत्र नराम्रो भनेर जवाफ फर्र्काएका थिए । बैठक सकिएपछि एमाले नेता बामदेवले पत्रकारहरुसँग कुरा गर्दै एमाले पुन तराई जाने बताएका छन् । प्रधानमन्त्रीले एमालेलाई मेची महाकाली अभियानबारे पुर्नविचार गर्न आग्रह गरेका छन् । एमालेले आफनो कार्यक्रम नरोकिने बताएका छन् । एमाले पूनं २७ गतेबाट हटौँडाबाट मेची महाकाली अभियान सुरु गर्ने जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया