काठमाडौँ,
सोमबारको सप्तरी घटनाले स्थानिय तहको निर्वाचन अन्यौलमा परिरहेको बेला स्थानीय तह पुनर्सचना आयोगले स्थानीय तह निर्धारण सम्बन्धी प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ । यस अघि ७१९ स्थानिय तह भएकोमा अहिले सुझाव सहित ७४४ वटा बनाएको छ ।
स्थानिय तह पुनर्सचना आयोगले प्रतिवेदन बुझाए संगै स्थानिय निर्वाचनको बाटो सहज भएको छ । स्थानिय तह पुनर्सचनाको प्रतिवेदन पाएपछि निर्वाचनको अन्योल हटेको निर्वाचन आयोगले जनाएको छ ।
सरकारले आगामी वैशाख ३१ गतेलाई स्थानिय निर्वाचनको मिति घोषण गरेको छ भने तराई मधेशमा निर्वाचको विरोध भइरहेको छ । मधेशी मोर्चाले निर्वाचनको मिति सार्नको लागि १ हप्ताको अल्टिमेटम दिएको छ ।