काठमाडौँ,
एमालेको मेचि महाकाली अभियान जनताको व्यापक सहभागिता रहेको एमालेले पत्रकार सम्मेलन गरेर बताएको छ । मंगलबार साझ पत्रकार सम्मेलन गरेर एमालेको मेची महाकाली अभियानमा जनताको उपस्थिति देखेर सप्तरी घटना घटाएको एमालेले दाबी गरेको छ । एमाले निकै शान्त र स्वयंमित ढङगले मेचि महाकाली अभियानमा लागेको र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले भाला र लाठिले एमालेलाई प्रहार गरेको जनाएको छ ।
सप्तरीको गजेन्द्र नारायण औद्योगिक क्षेत्रभित्रको कार्यक्रममा लक्षित गरी मोर्चाको घोषित नितिमा नै आक्रमण गरेको आरोप लगाएको छ । सुरक्षा निकायहरुको संयमतालाई पनि मधेशी मोर्चाका कार्यकर्ताहरुले कमजोरीको रुपमा लिएको बताएको छ । मोर्चाका कार्यकर्ताहरुले कयौँ पेट्रोल बमहरुले आक्रमण गर्दा पनि एमाले मौन रहेको र बेलुको घटना मोर्चा आफैले गराएको हुनाले सोमबार सप्तरीमा भएको घटना मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको हो ।
एमालेको मेची महाकाली अभियानलाई कमजोर बनाउनको लागि सरकारका जिम्मेवार पदमा बसेका मानिसहरु नै लागेका आरोप एमालेले लगाएको छ । सप्तरीका उचित भुमिका निर्वाह गरेका सुरक्षा प्रमुखलाई मन्त्रालाई ढाक्नुले पनि सप्तरी घटना रहस्यमय बन्दै गएको आरोप लगाएको हो । हाललाई मेचि महाकाली अभियान स्थगित मात्रै गरिएको र फागुन २७ गतेबाट घोषित तालिका अनुसार नै मेचि महाकाली अभियान सुरु हुने एमाले महासचिव इश्वर पोखरेलले बताएका छन् ।