राजविराज,
राजविराजमा एमालेको मेचि महाकाली अभियानको सभा विथोल्न पुगेको मधेशी मोर्चाको कार्यकर्ता र प्रहरी बिच झडप हुदा एक जना प्रदशनकारी प्रहरीको गोली लागेर घाईते भएका छन् ।
प्रहरीले आन्दोलनकारीले एमालेको सभालाई विथोल्ने प्रयास गरे पछि गोली चलाएको हो । गोली लागेर मलेठ २ का सञ्जन मेहता गम्भिर घाईते भएका छन् ।
मधेशी मोर्चाका कार्यकर्ताले एमालेको सभालाई घेरा हालेका थिए । घेरा मुक्त गराउनको लागि प्रहरीले हवाई फायर गरेको थियो ।
सभास्थलको दक्षिण पट्टि मधेशी मोर्चाले भारी मात्रामा कार्यकर्ता जम्मा गरेका छन् । राजविराज अहिले असान्त बन्दै गएको छ ।