इनरुवा,

मधेशी मोर्चाको लाठि जुलुस र अवरोधको विचमा पनि एमालेको मेचि -महाकाली अभियानको तेस्रो दिन सप्तरीको इनरुवामा सभा गरेको छ । सभामा एमालेलेको सोचेको भन्दा बढि मानिसहरुको उपस्थिति रहेको थियो । विहानै देखि मधेशी मोर्चाले सप्तरी बन्दको आयोजना गरेको थिए । बाक्लो प्रहरीमा घेरमा गरिएको सभालाई पूर्व सामान्य प्रशासन मन्त्रीले लालबाबु पण्डितले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै पण्डितले एमाले निदाएर नबसेको बताए । कुनै समय बन्दुकको नालसँग पौँठे जोरी खेलेको स्मरण गराउदै कसैले लाठि देखाएको भरमा नडराउने बताए । एमालेले अहिले स्वयंमता अपनाएको र यसलाई कमजोरी ठानिए अवस्था अर्कै हुने छ । मधेश कसैको पेवा होईन र कसैले ठेक्का लिएको पनि छैन् । मधेशमा अब एमाले हाबी हुन्छ । अब निर्वाचनमा एमाले तराई मधेशमा पहिलो पार्टि बन्छ कसैले रोकेर एमाले एमाले नरोकिने कुरा पनि बताएका थिए ।

त्यस्तै एमाले केन्द्रिय सदस्य भगवती चौधरीले पनि मधेशी र थारुको साथ एमालेलाई रहेको बताईन । एमाले सबै खाले जनजातीको पार्टी हो त्यसकारण मधेशको उत्थान एमाले बाहेक कसैले गर्न नसक्ने बताइन् । एमालेको सभालाई सम्बोधन गर्दै जगदिशप्रसाद कुशियतले एमालेलाई तराई मधेशमा कसैले अबरोध गरे प्रतिवाद गर्ने बताए । जनताको पार्टी एमाले भएको हुनाले पनि एमालेलाई अवरोध गर्नेलाई जनताले ठेगान लगाई दिने बताए ।

एमालेको मेची महाकाली अभियान सोमबार तेस्रो दिन पनि निर्वाधरुपमा चलिरहेको छ । तराई मधेशमा एमालेको जनलहर रहेको कुरा पनि यसले पुष्टि गर्दै लगेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया