मेची – महाकाली अभियानको दोस्रो दिन एमालेको केन्द्रिय कमिटि आज इटहरी पुगेर भव्य रुपमा सभा आयोजना गरेको छ । मधेशी मोर्चाको अबरोधको विचको बाबजुद पनि दोस्रो दिनसम्म आईपुग्दा मानिसहरुको उपस्थिति उल्लेख्य मात्रमा रहेको छ । मोरङको विभिन्न ठाउमा सभा आयोजना गर्दै इटहरीमा भव्य सभा गरेको हो ।

इटहरीको सभालाई नेकपा एमालेका नेता माधव नेपाले सम्बोधन गरेका थिए । उनले मधेशी मोर्चालाई उग्ररुप नलाग्न आग्रह गरेका छन् । (एमाले)ले पनि खुल्ला रुपमा जनतालाई आफ्नो विचार राख्न पाउन पर्ने बताए । कसैलाई केहि गर्न आएको होईन एमाले तराई मधेशमा मेची महाकाली अभियानमा जनतालाई आफ्नो विचार राख्न आएको हो । लोकतन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउनु पर्छ । मधेशी मोर्चालाई पनि सगैँ निर्वाचनमा आउन आग्रह गरे । जनताको मतले जे अधिकार दिन्छ त्यो अधिकारलाई सदुपयोग गर्न पनि आग्रह गरे ।

नेता नेपालले प्रधानमन्त्री पुष्प कमल दाहललाई निर्वाचनबाट पछि नहट्न पनि आग्रह गरेका छन् । कसैको कुरामा लागेर निर्वाचन रोक्नेतिर लाग्ने भन्दा पनि निर्वाचन गराउनको लागि अगाडि बढे सबैको सहयोग रहने कुरा माधन नेपाले सभालाई सम्बोधन गर्दै बताए । उक्त सभालाई सुवास नेवाङ लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए ।

Please share us on:

तपाईको प्रतिक्रिया