काठमाडौँ,

उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको सादर नियन्णामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली २ दिने औपचारिक भ्रमणको लागि नेपाल आइपुगेका छन् । पछिल्लो क्रममा नेपालको राजनैतिक घटना क्रमको विकाशक्रममा जेट्लीको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको थियो ।

नेपाली जारी नेपाल लगानी सम्मेलनको प्रमुख वत्ताको रुपमा नेपाल आएका जेट्लीले प्रमुख राजनैतिक भेटघाट पनि गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थ मन्त्री महरा तथा अन्य राजनैतिक भेटघाट गर्ने छन् ।

जेट्लीको नेपाल भ्रमण भारतले गरेको ५०० र १००० को नोटबन्दीले नेपालमा परेको असर र नेपालमा रहेको भारतीय नोटको बारे पनि छलफल हुने संम्भावना रहेको छ । यस भन्दा पहिले भारतको एक टोलीले नेपालमा भएको भारतीय नोटको बारे बुझन नेपाल आएका थिए तर कुनै पनि निर्णय भने लिएको छैन् ।

Please share us on:

तपाईको प्रतिक्रिया