काठमाडौँ,
नेकपा (एमाले)ले गर्ने भने भनेको मेची महाकाली अभियानको तयारी पुरा भएको जनाएको छ । मेची महाकाली अभियान अन्र्तगत ३३ ठाउँमा आमसभा गर्ने र ५० लाख मानिसको सहभागीता रहने जनाएको छ । प्रत्येक जिल्लाबाट २० देखि ५० हजारको दरले मानिसहरु उपस्थित हुनेछ भने एमाले केन्द्रिय कमिटिले १० हजार छुट्टै स्वयमसेवक परिचालन गर्नेछ । साथै कार्यक्रमलाई अझ मलिलो बनाउनको लागि साँस्कृतीक टोलीको विशेष तयारी रहेको छ । पार्टी प्रवेश, जेष्ठ नागरिक सम्मान पनि मेची महाकाली अभियान भित्रको कार्यक्रम रहेको छ ।
संविधान कार्यन्वयन, आर्थिक समवृद्धि ,राष्ट्रिय एकता र स्वाभिमान साथै सामाजिक सद्भाव भन्ने मुल नाराका साथ तराई बासी जनताको माझ जान लागेको (एमाले)ले जनाएको छ ।
प्रचार सामग्रीलाई नेपाली,मैथिली,थारु,डोट्याली र भोजपुरी भाषामा तयार पारेर सम्बन्धीत ठाउँसम्म पु¥याइसकेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । हामी नेपाली नेपालको लागि भनेर फरक शैली अपनाउनको लागि पनि र हिन्दी भाषा भन्दा फरक तराईको आफ्नै नेपाली पहिचान बोकेको भाषा रहेको र यसलाई उर्जा दिन पनि विभिन्न भाषामा प्रचार सामग्री बनाएको हो ।
पार्टी अध्यक्ष केपि शर्मा ओली वरिष्ठ नेता लगायत केन्द्रिय नेताहरुको सहभागी हुने उक्त मेची महाकाली अभियान फागुन २१ गते झापाको काकँडभित्ताबाट सुरु भएर चैत्त ५ गते सुर्खेत पुगेर सकिने छ ।
मेची महाकाली अभियानमा सहभागी हुने नेता कार्यकर्ताको लागि खाना र आवासको व्यवस्था गरिएको पनि एमालेले जनाएको छ । आवास र खानाको लागि स्थानिय पार्टी पंक्तिलाई जिम्मेवारी दिएको र त्यो सबै पुरा भएको छ ।