काठमाडौँ,
मधेशी मोर्चा निर्वाचनमा सहभागी नभए उसैलाई घाटा हुने नेकपा माओबादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले बताएका छन् । बुधबार रिपोर्टस क्लबले गरेको साक्षातकार कार्यक्रममा बोल्दै नेता सापकोटाले मधेशी मोर्चा निर्वाचनमा सहभागी नभए पनि निर्वाचन नरोकिने बताएका हुन् ।
मधेशी मोर्चाले अब पनि निर्वाचनमा भाग लिन्न निर्वाचन हुनै दिन्न भन्नु मोर्चाको लागि नै प्रत्युत्पादक हुने बताए । मधेशी मोर्चा निर्वाचन जान डराएको जानकारी गराउदै मोर्चासँग निर्वाचनमा जानको लागि हिम्मत पनि नभएको आरोप लगाए ।
निर्वाचनमा सबै दल सहभागी हुन पर्ने जिकीर गर्दै यो एैतिहासिक समय हो यस समयलाई सबैले उपयोग गर्नु पर्नु पर्ने बताए ।