खबर कर्नर,

गृह मन्त्री विमलेन्द्र निधिको अभिव्यक्ति प्रति नेकपा (एमाले)ले आपक्ति जनाएको छ । फागुन २१ बाट हुने भनेको एमालेको मेची- महाकालीकाली अभियानलाई प्रभाव पार्ने गरि जिम्मेवार पदमा बसेका व्यतिले यस्तो आपत्तीजनक अभिव्यक्ति दिनु आफैमा लज्जाबोध भएको एमालेले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ ।

मेचीकाली अभियान व्यवस्थित रुपमा अगाडि बढाउने र यस दौरान तलमाथि भए गृह मन्त्री निधिले जिम्मेवारी लिन पर्ने पनि एमालेले बताएको छ । तराई मधेसमा समेत एमाले पार्टी बलियो हुदै गएको र यस मेची महाकाली अभियानले सरकारले घोषणा गरेको निर्वाचनलाई समेत सहयोग पुग्ने एमालेको प्रेस विज्ञप्तीमा जनाएको छ ।

गृह मन्त्री निधिले एमालेले गर्ने भनेको मेची महाकाली अभियनलाई लौरो लगाएर खेद्नु पर्ने अभिव्यत्ती दिएका थिए । यस्तो अभिव्यत्ति जिम्मेवार नेताबाटै आउनुलाई एमाले गम्भिर रुपमा लिन्छ ।

यहि फागुन २१ गतेबाट नेकपा एमालेको मेची महाकाली अभिय सुरु हुदैँ छ । अभियनको तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया