काठमाडौँ,
पैसा तिरेपछि लाइन नबसी पशुपतिनाथको दर्शन गर्न पाउने नियम हटेपछि यसपाली दर्शानार्थीहरुले सहज रुपमा पशुपतिनाथको दर्शन गर्न पाएका छन् । यस भन्दा अघि लामो लाईन र पैसा तिर्नेहरुलाई सहजरुपमा प्रवेशले पनि दर्शनार्थीहरुले दुख पाउने गरेका थिए ।
यसपाली पैसा तिरेर दर्शन गर्न पाउने नियम हटेपछि र चारवटै ढोका खोलिएकोले पनि लामा लाईन बस्न नपरेको पशुपति विकाश कोषले जनाएको छ । लाईन व्यवस्थित गर्न स्वयम सेवक खटाएको र केहि असजिालो हुनासाथ स्वंयमसेवकलाई जानकारी गराउन पनि पशुपति विकाश कोषले आग्रह गरेको छ ।
यसपाली बढिमा ४५ मिनेटसम्म लाईन बस्न पर्नेछ । लाईन व्यवस्थित हुदाँ मानिसको भिड कम देखिएको जस्तो भएको छ । पहिला दर्शनार्थीहरुलाई व्यवस्थित गर्न नसक्दा पशुपति क्षेत्र अव्यवस्थित जस्तो देखिएको छ । पछिल्लो वर्षहरुमा पशुपति विकाश कोषले सकारात्मक काम गरिरहेको छ ।