काठमाडौँ.

संविधान संशोधनसहित मधेशी मोर्चा पनि निर्वाचनमा सहभागि हुने संकेत दिएको छ । रिपोर्टस क्लबको एक कार्यक्रममा मधेशी मोर्चाका नेता लक्षमणलाल कर्णले भाषा,नागरिकता,सिमाकंन,प्रदेशको स्वायतताको विषयमा सरकार गम्भिर हुने हो मोर्चा पनि निर्वाचनमा सहभागी हुने बताए ।

मधेशी मोर्चा कहिले पनि निर्वाचनको विरुद्धमा नरहेको जानकारी दिदैँ प्रतिपक्ष एमाले र सरकारले संविधान संशोधनको विषयमा लचक हुने हो भने मोर्चा निर्वाचनमा सहभागी हुने जानकारी दिए ।

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मधेशी मोर्चालाई आन्दोलनमा जाने कि सरकार दिएको सर्मथन दिइरहने अवस्थामा पुगेको छ । मधेशी मोर्चा अहिले दोधारको अवस्थामा रहेको बुझिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया