नेकपा एमाले संविधान संशोधनमा लचिलो देखिएको छ । व्यवस्थापिका संसदमा दर्ता गरिसकेको संविधान दर्ता गरीसकेको संशोधनको प्रस्ताव पारित भए पनि नभए पनि मोर्चालाई स्वीकार्य छ कि छैन् एमालले मोर्चालाई प्रश्न गरेको छ ।
बुधबार नौ विपक्षीदलरुसहित बसेको व्यवस्थापिका संसदको बैठकमा यस्तो कुरा आएको हो । एमाले उपाध्यक्ष भिम रावलले पत्रकारहरुसँग कुरा गर्दै व्यवस्थापिका संसदबाट आउने नतिजा मोर्चालाई स्वीकार्य हुन्छ कि हुदैन् यसबारे मोर्चाले स्पष्ट पार्न आवश्यक रहेको जानकारी दिएका छन् ।
सरकारले निर्वाचनको मिति घोषणा गरेर राम्रो काम गरेको र यसमा आफुहरु खशि रहेका बताए । अब निर्वाचन घोषणा भइसकेपछि पनि तोकिएकै समयमा निर्वाचन हुने नहुने सरकार सञ्चालक ठुला दलहरुले स्पष्ट पारिदिन पनि रावलले आग्रह गर ।