राप्रपा नेपालको एकता महाधिवेशन भनेर प्रचार गरेर महाधिवेशनको सुरु गरे पनि राप्रपा भित्र एकता नभएको देखियो । अध्यक्षको प्रत्यशी कमल थापालाई एक दिन अघि नै अध्यक्ष बनाउने भनेर घोषण गरे पनि त्यो पछिल्लो समयमा आएर तोडिएको थियो । डा. प्रकाश चन्द्र लोहोनीले पार्टी बिग्रेको हनुमान भएर हेर्न नसकिने जानकारी गराउदै आफु पनि अध्यक्षको पत्यशी भएको रिपार्टस क्लबको एक कार्यक्रम मार्फत घोषणा गरे ।rpp2

राप्रपाको आन्तरिक रुपमा जे भए पनि एक हिसाबले उद्घाटन सफल रुपले गरेको देखियो ।  माओबादीले  गरेको आमसभा पछि  पहिलो चोटि सडक रोकेर राप्रपाले कार्यक्रम गरेको थियो । मान्छेको उपस्थिति सोचेअनुरुप नभए पनि राप्रपाले प्रविधिलाई भने भरपुर प्रयोग गरेको छ । नेपाल पहिलो चोटि लिड टेलिभिजनको व्यवस्थासहित राप्रपाले प्रदशनी मार्गलाई तिन चारवटा लिडले अन्तिममा बसेर पनि अगाडिको दृश्य देख्न सक्ने वातावरण बनाएको थियो ।rpp4

राप्रपाको अधिवेशनमा विभिन्न पार्टीका पार्टी प्रमुखहरु राप्रपालाई आफुअनुकुल प्रयोगमा ल्याउन खोजेको जस्तो देखिएको थियो । एमाले अध्यक्ष ओलीले एमाले बाहेक अन्य पार्टी धक्का दिन सक्छ भनेर भनिहाले । माओबादी केन्द्रका अध्यक्षले राप्रपासँग माया पिरती गास्न मन लाग्छ छोडेर कतै नजानु होला भन्न भ्याए । काग्रेस सभापति शेर बहादुर देउवाले पनि राप्रपाले अबको बाटो सहि हिड्नेमा विश्वास गरे । त्यस्तै मधेशी मोर्चाका लक्षमणलाल कर्ण, नयाँ शत्तिका गंगा श्रेष्ठ लगायतको नेताहरुले शुभकामना दिएका थिए ।rpp1

राप्रपा नेपालको कार्यक्रममा केहि सहभागी सडकमा नै सुतिरहेको जस्तो देखिन्थ्यो । खासै राजनितिमा चासो नभएर कसैको करमा आएको त लामो यात्राको थकानले गर्दा कार्यकर्ता नेताको भाषण सुन्न भन्दा पनि सुत्न लागेको जस्तो देखिन्थ्यो ।
rpp3
अन्य पार्टीले राप्रपालाई एकता महाधिवेशनको शुभकामना दिइरहदा राप्रपा आफै चाहि शत्ति सन्तुलन नमिलेको र पार्टीमा अगाडि भएको सहमति पुरा नभएको भन्दै कार्यकर्ताहरु दुई ध्रुबमा बाडिएको जस्तो पहिलो दिनमा नै केहि संकेतहरु देखिन थालिसकेको थियो । अझ चुनाव चिन्ह हलो र गाई कुन राख्ने भन्ने विवाद त भुसको आगो जसरी सल्किरहेको छ । यो विवाद माथि देखि तलसम्म आएको छ । यो विवाद राप्रपाको एकता महाधिवेशनले समाधान गर्छ कि गर्दैन्   त्यो  भने हेर्न बाकि रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया