खबर कर्नर,
काठमाडौँ जिल्लामा ४२,५०० भुकम्प पिडित परिवार मध्ये ३५,१३६ परिवारले पहिलो किस्ता बापतको रकमको लागि सम्झौता गरेका छन् भने ३०,७६२ परिवारले पहिलो किस्ता बापतको रकम लिइसकेको काठमाडौँ जिल्ला राष्ट्रिय पुननिर्माण जिल्ला समन्वय समिति सचिवालय प्रमुख प्रेम प्रसाद घिमिरेले जानकारी दिनु भएको छ ।
अहिले सम्म ११,८५३ गुनासाहरु काठमाडौँ जिल्लाभरिबाट आएको र गुनासो आउने क्रम जारी रहेको पनि जानकारी दिनु भयो । हालसम्म १०० घरहरु निर्माणको चरणमा रहेको र बाकीँ घरहरु पनि निर्माणको प्रक्रियामा रहेको नरहेको अनुगमन गरिने बताउनु भयो ।
गुनासाहरुको सम्बोधन केहि जिल्लामा भइसकेको र काठमाडौँ जिल्लामा पनि सम्बोधनको अन्तिम चरणमा पुगेको छ ।
काडमाडौँ जिल्ला लगायत अन्य जिल्लामा पनि आशिंक क्षति भएको घरहरुलाई मर्मतको लागि भनेर १ लाख रुपियाँ दिन लागेको र यसको तयारी अन्ति चरणमा पुगेको छ । घिमिरेका अनुसार अनुदान बापतको ३ लाख रकम मध्ये २ लाख ७५ हजार घर निर्माण र २५ हजार ट्वाइलेट र वैकल्पिक उर्जाको खर्च गर्नु पर्ने प्रावधान रहेको छ ।