खकर कर्नर,
सरकारले चन्द र सिलवाललाई जिल्याउदै कामु प्रहरी डा. दिनेशचन्द्र पोखरेललाई नियुक्ति गरेको छ । चन्दलाई अदालतले रोकेको र सिलवाललाई बनाउदा बिबाद आउने भयले मन्त्रीपरिषदको बैठकले प्रहरी नियमवाली संशोधन गरेर प्राविधिकतर्फका एआईजी डा. पोखरेललाई कामुको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बैठकले सर्वौच्चमा विचारधिन मुद्धा किनारा नलाग्दा सम्मको लागि पोखरेलाई कामु प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । जय बहादुर चन्दको सुनुवाइ फाल्गुन ८ गते हुने छ । चन्दलाई आइतबारको मन्त्रीपरिषदको निर्णयले प्रहरी प्रमुख बनाएको थियो ।
सोमबार नै उपेन्द्रकान्त अर्याल अवकाश लिएर प्रहरी प्रधान कार्यलयबाट बिदा लिएका छन् । प्रहरीले उनको बिदाई अन्योलका बिच बेलुकी पख भएको छ ।