खबर कर्नर,
आईतबार बिहान ८ बजे मन्त्रीपरिषदको बैठक बसेर जय बहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय भएको केहि घण्टा वित्न नपाउदै सर्वौच्चले उक्त निर्णयलाई तत्काल कार्यन्वयन नगर्न आदेश दिएको छ । प्रहरी संगठनमाथिको ठाडो राजनैतिक हस्तक्षेप यो घटनाले सतहमा आएको हो । प्रहरीमा प्रमुख बन्नको लागि नेताको घरमा धाउने प्रचलन नयाँ त होईन । तर यस पटक प्रहरी प्रशासन अन्तराष्ट्रिय शत्तिलाइ पनि गुहारेको भन्ने भनाइ बाहिर आएको छ ।
प्रहरी प्रमुख कस्लाई बनाउने भनेर मिडिया नै ध्रुबीकृत भएको छ । ४ प्रतिस्पर्धीमध्ये २ जना को त खासै चर्चा भएको छैन् । तर नवराज सिलवाल र जय बहादुर चन्दको चर्चा यति धेरै चलेको छ कि सामाजिक संञ्जालका भित्ताहरु भरिएको छन् । मिडियाहरुले पनि पक्ष र विपक्षमा कलम चलाइरहेका छन् । कसैले चन्दको राम्रो त कसैले सिलवालको राम्रो या त नराम्रो दुबैको बारेमा व्याख्या र अपव्याख्यहरु गरिरहेका छन् ।
सर्वोच्चको आदेशले प्रधानमन्त्री प्रचण्डलाइ कट्वाल प्रकरणको झझल्को दिएको छ । मन्त्रीपरिषदबाट निर्णय भएको केहि घण्टा पनि बित्न नपापउदै सर्वौच्चले कार्यन्वयन नगर्न दिएको आदेशले शंक्का गर्ने वातावरण सृजना गरिदिएको छ ।
अब हुने प्रहरी प्रमुखले निर्वाचन गराउन पर्ने भएकाले पनि दलहरुलाई आफुअनुकुलको प्रहरी प्रमुख बनाउनको लागि दबाब सुजना गरेको थियो । त्यहि मेसोमा सिलवाललाई चर्चामा ल्याएर चन्दलाई प्रमुख बनाएका थिए । चन्दलाई प्रमुख बनाउनको लागि नेपाली कांग्रेस भित्र आन्तरिक गुटबन्दी नै फेरबदल भएको बताइन्छ ।
मन्त्रीपरिषदको निर्णयलाई नै उल्टाएर सरकार अगाडि बढ्न पनि नैतिक अबरोध सृजना भएको छ भने चन्दलाई कार्यन्वयनमा ल्याउनको लागि आदलत बाधक भएको छ । चन्द विरुद्धको मुद्धा विचराधिन रहेको र कार्यलय समय भन्दा पहिला नै मन्त्रीपरिषदको बैठक बस्नु पनि सामन्य कुरा नभएको । जानकारहरु बताउछन् ।
सोमबारबाट प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले अवकाश लिदै छन् । सरकार र सवौच्चको जुहारीको कारण प्रहरीले प्रमुख पाएको छैन् । कस्लाई कामु प्रहरी प्रमुख दिने भन्ने अधिकार अर्याललाई रहेको छ । अर्यालले सोमबार नै कामु प्रमुख बनाउने छन् ।
प्रहरीमा राजनैतिक हस्तक्षेपको कारण प्रहरीभित्र पनि गुटबन्दीको बिकाश भएको छ । जनताको सेवाको लागि खटिनु पर्ने प्रहरी गुटबन्दीमा लागेर प्रररीको संरचनामा नै खेलबाँड गरिररहेका छन् । यदि प्रहरी राजनैतिक बाट मुक्त नहुने हो प्रहरीको निति र नियम केबल कागजको खोस्टो समान हुनेछ ।