काठमाडौँ,

आगामी मार्च ११र १२ मा त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने केन्यासँको खेलका लागि २४ सदस्यसीय टोलीको छनोट गरेको छ ।

बिहिबार छनोट भएका खेलाडिहरुमा (कप्तान) पारस खड्का ज्ञानेन्द्र मल्ल, आरिफ शेख,अमित श्रेष्ठ, शुसन भारी, दिलिप नाथ, महबुब आलम,करण केसि,आसिफ शेख,सागर पुन,भुवन कार्की शरद भेषावकर,कुशल भुर्तेल, विक्रम सोब,शक्ति गौचन,अविनाश कर्ण,सोमपाल कामी,सुनिल धमला, दीपेन्द्रसिंह ऐरी,वसन्त रेग्मी,दिपेश श्रेष्ठ,राजेश पुलामी,विनोद भण्डारी र सन्दीप लामिछाने रहेका छन् । यसपटक अनिल मण्डल र राजु रिजालले राष्ट्रिय टिममा स्थान बनाउन सकेको छैनन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसिसि)ले नियुक्त गरेको छनोट समितिले खेलाडि छनोट गरेको प्रेस विज्ञप्तीमा जनाउको छ । छनोट समितिमा आईसिसिको प्रतिनिधि वैंकटपति राजु, नेपाली राष्ट्रिय टिमको प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेका थिए ।

यसअघिका घरेलु प्रतियोगितामा गरेको प्रदशनको आधारमा खेलाडि छनोट गरेको जनाइएको छ । आईतबारदेखि छनोट भएका २४ खेलाडिलाई बन्द प्रशिषण गराउने जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया