काठमाडौँ,
नेपाल प्रहरीको साँख र छवि आम जनताविच त्यति राम्रो छैन् । आखिर जस्तो सम्बन्ध जनतासँग भए पनि प्रहरीको संगठनभित्र अहिले २५ औँ प्रहरी महानिरिक्षक को बन्ने भन्ने तिव्र प्रतिस्पर्धा र बिवाद रहेको छ । प्रहरी प्रमुख बन्नकै लागि केहि प्रहरीहरु राजनैतिक दलका नेता जस्तो गरी भारत भ्रमणमा पनि निस्केका थिए ।
सरकारमा पनि प्रहरी प्रमुख कस्लाई बनाउने भन्नेमा बिवाद रहेको देखिएको थियो । नेपाली कांग्रेसमा गृहमन्त्री निधि र पार्टी सभापति देउवाबिच चर्काचर्की ने परेको खबर बाहिर आएको छ । सरकार साझेदार दलहरु कांग्रेस माओबादी केन्द्रले चुनावलाई लक्षित गरि शसस्त्र र नेपाल प्रहरीका प्रमुख आफु अनुकुल बनाउने सहमति गरेको पनि बाहिर आएको छ ।
देशको सेवामा स्वतन्त्र भएर परिचालन हुन पर्नेमा पार्टीले चाहेको व्यत्ति प्रहरी प्रमुख बन्ने भए पछि जनताको सेवा भन्दा पनि पार्टीको सेवामा लाग्ने नेपालका दुई संगठन प्रहरी र सशस्त्र प्रहरी देखिएको छ । उनीहरुले जतिसुकै स्वतन्त्र भने पनि उनीहरु कुनै दलको सशस्त्र समुह हो भनेर जनतालाई पर्न थालिसेको छ । फरक यति हो कहिले कस्को पालो कहिले कस्को पालो ।
प्रहरी प्रमुखमा मुख्य चार जनाको दौड भए पनि २ जना मात्र मुख्य पात्रको रुपमा अगाडि आएका छन् । नवराज सिलवाल र जय बहादुर चन्द । भावी प्रहरी प्रमुख यि दुईमा एक जना हुने पक्का छन् । सरकारले पनि बिहिबार मन्त्रीपरिषदको बैठकबाट नै निर्णय गराउने अन्तिम गृहकार्यमा लागेको बझिएको छ ।
यसभन्दा अघि जतिसुकै सिलुवालको चर्चा भए पनि त्यो विस्तारै सेलाउदै जान थालेको छ । सरकारले निकै बल गरेर चन्दलाई अगाडि बढाउन खोजेको छ । सिलुवाल पहिलो नम्बरमा भए पनि तेस्रो नम्बरमा रहेको चन्दलाई देउवाले अगाडि सारेका हुन्
प्रहरीमा गलत र राम्रा दुबै काम गर्दै वरितामा माथि पुगेका यि डिआइजीहरुले नेपाल प्रहरीको साँखमा सुधार ल्याउने जनताले आसा गरेका छैनन् । यहि प्रहरी प्रमुख को बन्ने विबादको कारण पनि सुन तस्करहरु भटाभट समातिन थालेका छन् । सुन तस्करी कसरी हुन्छ सबै प्रहरीका अधिकृतलाई थाहा हुन्छ तर कुन नेताको पावर कता र को प्रहरी प्रमुख बन्ने भन्ने होडबाजीले प्रहरी भित्र नै गुटबन्दीको विकाश गरेका छन् । यहि गुटबन्दीका कारण एकले अर्कोको पोल खोल्नमा तल्लिन हुदाँ संगठनमा नै भाडभैलो मच्चिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै संगठनमा प्रमुखको म्याद सकिन लागेको हुदाँ दुबै संगठनमा राजनैतिक खिचातानी बढेको छ । राजनैतिक नियुक्ति हुने हुदाँ इमान्दार स्वच्छ छवि भएका प्रहरीहरु अधिकृतहरुको पालो कहिले पनि नाआउने देखिन्छ ।