काठमाडौँ,
वैद्य माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीमा भाड्भैलो भएको छ । निश्चित समय भन्दा १ दिन ढिलासम्म चलेको राष्ट्रिय भेलामा तिव्र विवाद देखिएको हो । केन्द्रले शेवन्तराज भण्डारीलाई केन्द्रिय अध्यक्ष बनाएर केन्द्रिय सदस्यहरुको संख्या तोके पनि पदाधिकारी टुङग्याउन सकेको छैन् ।
१२५ केन्द्रिय सदस्य तोके पनि आधाभन्दा कम उपस्थिती रहेको थियो । पार्टी एकिकरणबाट आएका र नव प्रवेशी र आकारमा मात्र ठुलो बनाउनको लागि मात्रै हचुवाको भरमा केन्द्रिय सदस्य बाड्ेको जस्तो देखिएको छ ।
पार्टीमै दुख गरेर बसेकाहरुलाई पाखा लगाएर नव आगन्तुक र केहि पदलुप्ताहरुलाई पद र पदको वार्गेनिङका कारण वैद्य निकट विद्याथी संगठन अलमलमा परेको जस्तो देखिएको हो ।
माओबादी पार्टीमा पदको वार्गेनिङ पहिलेदेख नै चल्दै आएको छ । यहि
कारण पनि माउ पर्टी जस्तै विद्यार्थी संगन पनि टुक्रा टुक्रा भएको छ । सानै भए पनि गुटबन्दीको सिकारमा अखिल क्रान्तीकारीमा परेको छ । ड्यास,क्यास र ठोकठाक माओवादी जुन भए पनि गुट प्रवेश गरेको छ । यसले पार्टी पंक्तिाई समेत निरास पारेको छ ।
शेवन्तराज भण्डारीको पहँुच माउ पार्टीको अध्यक्षसम्म भएको हुदा उनी अध्यक्ष बन्न सफल भएको असन्तुष्ट पक्षहरुले जनाएको छ । अध्यक्ष बाहेक पार्टी पंक्तिले सहि निर्णय लिन नसक्दा पदाधिकारी चयन गर्न नसकेको हो । यसमा पार्टी पंक्ति चुकेको असन्तुष्ट पक्षधरहरुले जनाएका छन्
यस राजीनामाले वैद्य निकट विद्यार्थी संगठनले पनि एकताको सन्देस दिन सकेको जस्तो देखिदैन् । संख्यात्मक नभए पनि गुणात्मक कार्यकर्ता रहेको भनिएको वैद्य माओबादीमा गुणात्मक कार्यकर्ता नरहेको सन्देश यस भेलाले दिएको छ ।