भक्तपुर,

सरकारले निर्वाचन नगरेर आत्माघाती बाटो रोजेको एमाले नेता तथा पुर्व प्रशासन मन्त्री लालबाबु पण्डिले बताएका छन् । बुधबार भक्तपुरमा भएको साक्षतकार कार्यक्रममा बोल्दै नेता पण्डितले सरकार निर्वानसँग डराएको छ । यदि निर्वाचन भयो भने हारिने डरले सत्ता पक्षको दिमागले काम नगरेको समेत आरोप लगाए ।

कथित मधेशबादी नेता भन्नेहरुलाई निर्वाचनमा गएर जनताको मन जितेर संविधान संशोधनमा जानको लागि सुझाए । आगामी जेठभित्र निर्वाचन नहुने हो भने यो सरकारको अस्तित्व समाप्त हुने जानकारी गराउदै अस्तित्व बचाउनको लागि पनि निर्वाचन गर्नु पर्ने बताए ।

नेकपा एमाले तत्काल निर्वाचन होस र देशले निकाश पाओस भन्ने पक्षमा रहेको भन्दै अन्य पार्टीको जस्तो बोल्ने र गर्नेमा फरक नरहेको बताए ।

Please share us on:

तपाईको प्रतिक्रिया