काठमाडौँ,

प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । बेलायतको एभिएम कम्पनीले प्रस्ताव गरेको स्मार्टम्याट्रिक प्रविधिको भोटिङ मेसिनको परिक्षणका लागि मंगलबार निर्वाचन आयोगको कार्यलय पुगेका प्रधानमन्त्रीले तोकिएकै समयमा निर्वाचन हुन्छ यसमा कसैले शक्का नगर्न आग्रह गरे ।

कहिले कुन निर्वाचन हुने भनेर नभने पनि प्रधानमन्त्रीले सबैलाई निर्वाचनको लागि तयारी अवस्थामा रहनको लागि निर्देशन समेत गरे । सबै दलका नेताहरुलाई निर्वाचन आयोगमा बोलाउन मैले नै आग्रह गरेको हो । सन्तुष्ट असन्तुष्ट सबैलाई निर्वाचन चाहिएको र यहि सरकारले नै निर्वाचन गराउने प्रधानमन्त्री दाहालले जानकारी दिए ।

विश्व अहिले २१ औँ शताब्तीमा छ । यो शताब्दी भने प्रविधिको युग हो । त्यसकारण अब नेपालमा हुने निर्वान पनि प्रविधिमैत्री हुने बताए ।

निर्वाचन आयोगले अब हुने निर्वाचनको लागि इलेक्ट्रोनिक पद्धतीबाट गर्नको लागि सबैसँग राय लिइरहेको छ । निर्वाचन आयोगले केहि कामहरु इलेक्ट्रोनिक प्रणालीबाट सुरु गरिसकेको पनि जानकारी दिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया