खबर कर्नर,
कुन चाहि नेपालीको मन नहोला र अमेरीकामा गएर पैसा कमाउने अमेरीकालाई नै बसोबासको थलो बनाउने , आम नेपालीहरुको सपनाको देश भित्र पर्छ अमेरीका । यहि मन भएर त वर्षेनी लाखाँै मानिसहरुले डिभि भर्ने गरेका । कोहि विद्यार्थी भएर त कोहि केहि न केहि बाहानमा अमेरीका जाने आम नेपालीको सपना रहेको छ । कतिले यो सपना पुरा गर्छन् भने कतिले सपनालाई सपनामा नै सिमित राख्छन् । तर केहि मानिसहरु भने अमेरीका जानको लागि निकै जोखिम मोल्छन् । केहि मानिसहरु यस जोखिमबाट सफल भएका छन् भने केहि मानिसहरु मृत्युको मुखमा समेत पुगेका छन् । तर पनि मानिसहरुलाई अमेरीका मोहले छोडेको छैन् ।
पछिल्लो समय अमेरीकी राजनितिमा उथलपुथल आएपछि जोखिम मोलेर अमेरीका जानेहरुको लागि कालो बादल मडारिएको छ । कोहि जाने तयारीमा रहेर पैसा बुझाइसको र कोहि बिच बाटोमा रहेको र अझ कोहि त अमेरीकाको गेटमा नै पुगिसकेको लागि अमेरीकी राष्ट्रपति डोनाल्ट ट्रम्प बाधक बनेका छन् । उनको कडा आप्रवासी सम्बन्धी नियम र अमेरीका छिर्नेलाई कडाइ गरेपछि लाखौँ खर्च गरेर चोर बाटोबाट अमेरीका छिर्न लागेकाहरुको भविष्य झन अन्धकार बनाइदिएको छ ।
केहि समय पहिलेसम्म चोर बाटोबाट अमेरीका लाने गिरोह निकै सक्रिया रुपमा लागेको थियो । तर पछिल्लो समय यि गिरोहहरु फरार भएका छन् । गिरोह सम्पर्क बाहिर गएपछि पैसा बुझाएकाहरुको विचल्ली हुन थालेको छ । नेपालमा हुने त पैसा सकिए पनि सुरक्षित नै रहेका छन् । बिच बाटोमा पुगेकाहरुको चित्कार कस्ले सुन्ने ? मेक्सिकोसम्म पुग्दा करिब २० लाख सकिन्छ । हाल मेक्सिकोमा पुगेर अलपत्र परेका नेपालीहरुको हालत के होला ?
जब ट्रम्प राष्ट्रप्रमुख बने तब हिडेर अमेरीका जाने भन्नेको सासबास नै हरायो । कति त विच बाटोमा नै अलपत्र परेका छन् । मेक्सिकोसम्म जाने विभिन्न देशको बाटो प्रयोग गरेर गएका र विच बाटोमा पुगेकाहरु अलपत्र परेका छन् । अमेरिका हिडेका कति छन् भनेर आकाँडा नभए पनि मासिक नेपालीहरु ७५ को हाराहारीमा अमेरीकाको लागि विभिन्न बाटो हुदैँ जाने गरेको अनुमान लगाउन सकिन्छ ।
अमेरीकामा आप्रवासीसम्बन्धी कानुन कडा बनेपछि र सिमामा अमेरीका प्रवेशमा कडा गरेपछि नेपाली लगायत भारतीय, बंगालादेशी लगायत विश्वका विभिन्न देशका मानिसहरु बिच बाटोमा नै अलपत्र परेका छन् । कतिले त २०— २२ लाख रुपिँया सकिसकेका छन् । अमेरीका पठाउने गिरोहलाई विभिन्न ठाउमा पैसा खुवाउदै सकिएको पैसाको ऋण व्याज सबै परिवारमा थपिदा झन पिडा थपिएको छ ।