काठमाडौँ,

आइताबार एमाले पार्टि कार्यलयमा आयोजित एक कार्यक्रममा नेकपा माओबादी केन्द्रका २ जना केन्द्रिय सदस्य एमाले प्रवेश गरेका छन् । माओबादी केन्द्रका केन्द्रिय सदस्य द्धय राजकुमार कक्षपति र धञ्जीत धिमाल एमालेमा प्रवेश गरेको हुन् ।

पार्टि प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले अब देशको चिन्ता लिने सबै एमाले हुने बताएको छ । एमालेले देशको एजेन्डालाई बोक्छ । क्षेत्रिय र जातियाबादलाई घृणा गर्छ र हरेक संस्कारलाई सम्मान गर्छ । त्यसकारण नव प्रवेशी कार्यकर्तालाई कुनै पनि संर्किण सोच नराखी पुराना कार्यकर्ताले जस्तै काम गर्न दिने वातावरण बनाउने बताएका छन् ।

हाल देश र जनताको लागि एमालेको अडान सहि रहेको बताएको छन् । एमाले प्रगतिशिल पार्टि हो एमालेमा लागेका मानिसहरुले देशका लागि चौडा छाति बनाएर काम गर्न पनि आग्रह गर्नुभयो ।

Please share us on:

तपाईको प्रतिक्रिया