बिहिबार,
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलिले मध्यरातमा सरकारमा सहभागि राजनैतिक दलका पकेटका मान्छेलाई न्याय परिषदले उच्च अदालतमा सिफारिस गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार बेलुका विराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गदै न्याय परिषद र कानुनी राज्यको सरकारले खिल्ली उडाएको बताएका छन् ।
न्याय परिषदमा चरमा राजनैतिकरण हावी भएको र कानुनले उच्च अदालतमा जानको लागि हैसियात नपुगेकालाई न्याय परिषदमा लगेर परिषदको गरिमालाई धमिल्याउनेका काम गरेका बताउनु भएको छ ।
सरकार संविधान कार्यन्वयनमा लाग्नु पर्ने बेलामा अनाआवश्यक हल्ला गर्दै हिडेको आरोप लगाउनु भयो । अबको १० महिना भित्र ३ वटै चुनाव नभए देशमा संवैधानिक संकट आउने भन्दै सरका वक्तित्व कलामा भाग लिएरु उफ्रेका जस्तो गरिरहेको छ । त्यसकारण सरकारलाई तत्काल चुनावको वातावरण बनाउनको लागि पनि आग्रह गर्नु भयो । े





