काठमाण्डौ,
नेपाल स्टक एक्सचेञ्ज नेप्से मा प्रभु बैंकको शेयर कारोबार खुल्ला । दुई वाणिज्य बैंकविच मर्ज भएपछि ग्राण्ड सहित प्रभुको कारोबार फुकुवा गर्न राष्ट्रबैँकले अनुमति दिएको छ । अनुमति दिएपछि कारोबार पनि सुरु भएको छ ।
ग्राण्ड र प्रभु गाभिएपछि राष्ट्रबैँकले प्रभूलाई मात्र कारोबार गर्न अनुमति दियो भने ग्राण्डको रोक्का गर्न निर्देशन दियो । त्यसपछि नेपाल धितो पत्र बोर्डले प्रभुलाई पनि कारोबार गर्न निर्देशन दियो र दुबैको कारोबार बन्द भयो ।
केहि समय अघि ग्राण्डको पनि कारोबार खुल्ला गर्न निर्देशन दिएपछि आइतबारबाट कारोबार सुरु भएको हो । कारोबारसँगै प्रभुले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी पनि गरेको छ ।