काठमाण्डौ,

नेकपा एमालेलाई बाहिर राखेर गरिने संविधान संशोधनले देश अराजकको बाटोमा जाने कांग्रेस नेता शेखर काईरालाले बताएका छन् । काठमाण्डौको एक कार्यक्रममा वौल्दै संविधान निर्माणको वेलामा मधेशीबादी दललाई बाहिर राखेर संविधान ल्याउदा अहिले समस्य भएको र अब पनि एमालेलाई बाहिर राखेर जवरजस्ती संविधान संशोधनमा लागे देश अर्को दुर्घटनमा जान सक्ने कुरा बताएका हुन् ।

एमालेलाई पनि संशोधनको पक्षमा लिएर अगाडि बढ्नु पर्ने र वार्ता र संवादबात देशलाई निकास दिनु पर्ने बताए । एक अर्को प्रशङ्गमा लोकमान अहिलेसम्म वहालवाला रहनु देशको लागि चुनौती रहेको भन्दै लोकमान लाई चाँडै नै विदा दिनु पर्ने अहिलेसम्म अलमलिएकामा दुख लागेको बताउनु भयो । एमाले र माओबादीले किन राती १० वजे अविश्वासको प्रस्ताव दर्ता गरेको यसको जवाफ मोओबादी र एमालेल दिनु पर्ने भन्दै लोकमानले सार्वजनिक गर्न लागेको भ्रष्ट नेताहरुको नाम पनि बाहिर ल्याउन लोकमानलाई चुनौति दिएका छन् ।

मान्छे थर्काउन र पदको वार्गेनिङ्गको लागि संञ्चारकर्मी जम्मा गरेर नाम देखाउछु भनेका हुन कि साच्चै भ्रष्ट नेताहरुको नाम लिष्ट छ । यदि छ भने मेरै नाम आए पनि केहि छैन् तर लोकमानले त्यो सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

Please share us on:

तपाईको प्रतिक्रिया