काठमाण्डौँ,

चन्द्रागिरी हिल्स प्रालिले अब चन्द्रागिरीमा केवलकार चढ्न आउने नेपाली पर्यटकका लागि निशुल्क बस सञ्चालनमा ल्याएको छ । चन्दागिरीम घुम्न तथा भालेश्वर मन्दिर दर्शन गर्न आउने आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै वस सञ्चालनमा ल्याएको हो । आज निशुल्क वस सञ्चालन गर्दै चन्द्रापगिरी हिल्स प्रालिका सञ्चालक चन्द्र ढकालले बताए ।

४२ सिट क्षमताको बस हरेक दिन विहान ७ ः ३० बजे काठमाडौँको महाराजगञ्ज,र कोटेश्वरबाट लाग्ने छ । महाराजगञ्जबाट छुट्ने बस माछापोखरी, वालाजु, स्वयम्भु, सितापाइला, कंलकी हुदै चन्दागिर केबलकारको फेदमा पुग्ने छ भने कोटेश्वरबाट लाग्ने वस वालकुमारी, सातदोबाटो, एकान्तकुना, सानेपा, बल्खु, कंलकी हुदै चन्द्रगिरीकेबकारको फेदमा पुग्ने छ ।

यसरी निशुल्क वस सेवा सञ्चालनमा आएपछि चन्द्रागिरीमा आन्तरिक पर्यटकको अझै वृद्ध हुने अपेक्षा राखेको चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया