काठमाण्डौँ,
संविधान संशोधनमा मधेशी मोर्चा यहि अवस्थामा पनि सहमति जनाउन तयार भएका छन् । तिन दल मधेशी मोर्चा बाहेक पनि स्थानिय निकायको चुनावको तयारीमा लागेपछि मधेशी मोर्चा पनि सहमतिमा आउनको लागि एकाएक लचक भएको हो ।
आज सत्तासाझेदार दलहरुसँग भएको छलफलमा मधशी मोर्चा यहि अवस्थामा संविधान संशोधनका लागि तयार भएको हो । तर यहि हालतमा संविान संशोधनको क्रेडिट लिन मानिरहेको छैन् । असहमतिको बावजुद पनि मोर्चाले स्थानिय चुनावमा समावेश हुने संकेत दिएको हो ।
तर सरकारलाई त्यति सजिलो भने छैन् मोर्चालाई साथ लिएर संविधान संशोधन गरे पनि एमालेलेलाई सहमतिमा ल्याउन हाल फलामको चिउरा चपाउनु सरह जस्तो भएको छ । एमालेको भातृ संगठन युथ फोर्सका नेतामाथिको आक्रमण पनि एमालेलाई क्रुद्ध बनाएको छ ।
एमालेका नेताहरुले कार्यकर्तामाथि आक्रमण हुनु राजनैतिक प्रतिशोध भएको भनेर विरोध जनाइरहेको छ । यस्तो हालमा एमालेलाई सहमति ल्याउन सहज भने पक्कै छैन् ,। त्यसकारण मधेशी मोर्चाले विरोध जनाएर पनि पाएको अवसरलाई सदुपयोग गर्ने निति लिएर संशोधनको प्रस्तावमा सहमति जनाए पनि संशोधन पास हुनेमा सबै ढुक्क छैनन् ।
शेर बहादुर देउवाले संशोधनको प्रस्ताव पास गारउने जिम्मा लिएर मधेशी मोर्चोलाई खुशी बनाउन खोजे पनि एमालेले घातक र विखण्डनकारी भनेको संविधान संशोधन प्रस्ताव पास हुने र स्थानिय निकायको चुनाव हुनेमा विसस्त हुन कुनै पनि दल सकेका छैनन् ।





