काठमाण्डौँ,
ट्राफिक प्रहरीले सडकमा गुड्ने सवारी साधनको लागि लेन अनुशासन कडाइका साथ लागु गर्ने जनाएको छ । अव सडकमा जताभावी दायाँ मोड्न नपाईने जनाएको छ ।
पछिल्लो समय यसरी मोडिएको सवारी साधन चालकलाई कारवाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ । सडकको विचमा भागमा तानिएको सतो धर्सोको वेवास्ता गरिए तस्को परिणाम राम्रो नहुने संकेत ट्राफिक प्रहरीले दिएको छ । अव तोकिएको ठाउँ बाहेक दायाँ मोड्न पाईने छैन् ।
त्यसैगरि स्कुल बसहरुलाई पनि तोकिएको समय भन्दा अन्य समय चलाए कारबाहि गरिने ट्राफिक प्रहरीले जनाएको छ ।ट्राफिक प्रहरीको यो नियमदेखि स्कुल संञ्चालकहरु त्यति खुशी रहेको पाईदैन् । तर जसो भए पनि सडक ट्राफिक प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ ।





