अखिल,
नेपाल यस्तो देश हो जहाँ स्थायी सरकारको कल्पनासमेत गर्न सकिन्न । स्थायी सरकार त एकादेशको कथा जस्तो भइसकेको छ । सायद नेपालमा स्थायी सरकारको सम्भावन नरहन सक्छ ।
हाल नेपालमा सत्ता गठबन्धन माओबादी केन्द्र र नेपाली कांग्रेसको छ । विचार नमिले पनि सत्ताको लागि कांग्रेस माओबादी मिलेका छन् तर यि दुइ पार्टीको लक्ष्य भने आकाश जमिनको फरक छ । आखिर सत्ताको लागि जे पनि हुन सक्छ नेपालमा भन्ने गतिलो उदाहरण हो । अब यो गठबन्धन कहिले सम्म टिक्छ भनेर आम मानिसहरु अड्कल काट्न थालेका छन् । यहि सरकारले निरन्तरता पाउला या सहज ढंङगले प्रचण्डले सरकारको चाँवी शेरबहादुरलाई हस्तानतरण गर्छन् ।
पछिल्लो घटनाले प्रधानमन्त्री प्रचण्डले शेर बहादुरलाई सहज रुपले सत्ता दिने पक्षमा छैनन् । अघिल्लो पाला केपि ओलिले जसरी प्रधानमन्त्रीको पद छोडेन् त्यहि मनस्थितिको विकाश गरिरहेका त छैनन् प्रधानमन्त्री भन्ने शेर बहादुर देउवालाई लागेको छ । त्यहि भएर शेर बहादुर देउवा विवादबाट टाढै बसेका ।
पछिल्लो समय प्रचण्डलाई साइज ल्याउनको लागि पनि देउवा वालकोट दरबारमा धाएका छन् । अरुले जुराइदिएको सत्ता प्रचण्ड पनि त्यसै छोड्नेवालमा छैनन् बल्ल बल्ल मिलेको प्रधानमन्त्री पद किन सहज रुपले छोड्ने अर्को पटक पालो कहिले आउने त्यसकारण यो सरकारलाई ९ महिनाको ट्रयाक हटाउन पनि मरिमेटेर लागि परेको छन् प्रचण्ड । त्यहि भएर भारतले जे भन्यो त्यहि लुरुलरु मानिरहेका छन् । उनलाई पनि थाहा त पक्कै थियो संविधान संशोधनमा एमालले अवरोध गर्छ भनेर । अझ विवाद नै नभए ५ न. प्रदेशमा विवाद सृजना गरेर भारतलाई खुशी पार्ने काम गरिरहेका छन् ता कि सरकारको आयु लब्याउन पाइयोस् ।
सरकार मधेशी मोर्चाको बैठकमा देउवा कडा रुपमा प्रस्तुत हुदा प्रचण्ड सुन्यताको स्थिति प्रस्तुत भएका थिए । सत्ता गठबन्धन कतै खटपट छ यो कुरा बाहिर नआए पनि भित्रिरुपमा देखिएको छ । यसो त पहिले देखि शेर बहादुर देउवालाई भारतले त्यति रुचाएका व्यत्ति होइनन् । पछिल्लो समय एमालेलाई तह लगाउनको लागि पनि देउवा प्रचण्डको गठबन्धन तयार गरेर आफ्नो माग लाद्र्न खाजेको हो ।
शेरबहादुरलाई कहिले ९ महिना पुरा होला सत्ताको ताल्चा चावी समाउला जस्तो भएको छ भने यहि सरकारलाई कसरी निरन्तरता दिने आफैँ प्रधानमन्त्री भइरहेने चिन्ता प्रचडलाई भएको छ । कतै यो सरकार पनि केपि ओलीको जस्तो हुने होईन यो चाहि समयले बताउने छ ।
जसरी अघिल्लो घठबन्धन सत्ताको चावी कस्ले लिने र गठबन्धन बनाउदाको सर्त पुरा नगरेको कारणले ढल्यो भने यो सरकार पनि गठबन्धन बनाउदाको सर्त पुरा नगरेको भनेर शेर बहादुर देउवाले समर्थन फिर्ता लिने त होईनन् ।





