काठमाण्डौँ,

चन्द्रागिर डाँडामा निर्माण भएको केबलकारले राजधानीको सुन्दरतालाई बढाएको छ यो सबै बुझेको कुरा हो । तर सञ्चालनमा आएको एक महिनामा नै विवादमा आएको चन्द्रागिर हिल्स प्रालिले त्यहा जाने पर्यटकका लागि सैनिक साशन जस्तो उस्कै सामना महङगोमा बेचेको भनेर चौतर्फी आलोचना खेपेको चन्द्रागिरी हिल्स प्रा लि ले अहिले फेरी अर्को समस्य देखिन थालेको छ ।

सरकारसँग ४० वर्षको लागि भाडामा लिएर करिव ४ अर्वको लगानी निर्माण भईरहेको विकाश भईरहेको भौतिक संरचनाको कारण स्थानिय वासिन्दा मर्कामा परेका छने । रिसोर्ट निर्माण गर्दा माटो मनलाग्दी फालेको कारण वर्षयमा लेदो माटो घरभित्र्र पसेको थानकोटबासीको गुनासो रहेको छ । वर्षामा पहिरो जाने सम्भावना समेत रहेकोले विकाश कतै विनाश बनेर त आउने होईन ?

चन्द्रागिरी हिल्सभित्र ४ वटा सामुदायिक वनहरु पर्छन । तर सामुदायिक वनमा सामुदायको केहि चल्दैन चन्द्रगिरी हिल्स वाहेक सामुदाय त मुखदर्शक मात्रै बनेको छ । जिल्ला वन कार्यलयले वनको त्यस्तो हालत देख्दा पनि केहि गर्न सकेको छैन् । सरकारसँग भएको सम्झौताको कारण वन कार्यलय मौन रहेको जानकारी बनअधिकृत दिन्छन ,

विकाश निर्माणको कार्य राम्रो भए पनि वातावरण मैत्रि र वनको उपयोग गरिसकेपछि वनको पनि सदुपोग गर्नपर्छ भन्ने स्थानियको माग रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया