कैलाली,

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओबादी केन्द्रको अर्को नाम आन्दोलन रहेको कुरा बताएका छन् । बुधबार ७ नं प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै माओबादी केन्द्र पार्टी मात्रै नभएर आन्दोलन हो । सतहमा देखिदा पार्टी सानो ठुलो भए पनि विचार र लाईनलाई कुनै फरक नपर्ने बताएका छन् । आजको आवश्यकता माओबाद विचारधारको एकता नै प्रमुख रहेको हुदा सबैलाई एकतामा आउन पनि आग्रह गर्नुभयो ।

संविधान संशोधनको विषयमा पार्टी पछि नह्ने जानकारी दिएका हुन् । सरकार संशोधनको पक्षमा रहेको र संशोधनलाई कसैले रोक्न नसक्ने बताउनु भएको हो ।े । प्रशिक्षणमा नाराकाजी श्रेष्ठ राम ब. थापा लगायतका नेताहरुले बोलेका थिए ।

Please share us on:

तपाईको प्रतिक्रिया