काठमाण्डौँ,
भारतले नेपालमा आर्थिक नाकाबन्दी लगाएको छ । केहि समय नेपालको संविधान आफुअनुकुल नभएको भन्दै नेपालमाथि इन्धनको नाकाबन्दी लगाएको भारतले विस्तारै आर्थिक नाकाबन्दी लगाउदै लान खोजेको हो । भारुसँग जोडिएका नाकाबन्दी अहिले आएर तेलसम्म आएको छ । विश्व बजारमा तेल भाउ स्थिर रहेपनि नेपालमा भारतको दवावमा तेलको भाउ बढाएको बुझिएको छ ।
पछिल्लो समय नेपालका केहि राजनैतिक दलले राष्ट्रियता बलियो हुनुपर्छ भन्ने भावनामा विकाश गर्दै जनतालाई सचेत गराउने र केहि दलले भारतले भने जस्तै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने चाल चलिरहेको बेला भारत नेपालमा कसरी हावी हुने भनेर उपयूक्त बाटोको खोजिमा रहेको बताइन्छ । उस्ले काठमाण्डौँमा यति बलियो सञ्जाल विकाश गरेको छ उस्को खुफिया एजेन्सी रअको आदेश विना केहि पनि हुनेवाला छैन् ।
त्यो आदेश पालक र पालक नगर्ने पक्षविचको लडाई रहेको आम मानिसहरुले बुझेका छन् । यस्को पछिल्लो उदाहरण हो नेपालमा तेलको भाउ बढाउने र अन्य निकायलाई दवावमा दिने र विकाशको गतिलाई ब्रेक लगाउने । नेपालबाट चाइनिज प्रोजेक्टहरु विस्तारे पछि हट्नु र भारतको लगानीको मात्रै विजुली खरिद गर्ने भनेर नेपालको विजुली मार्केट बन्द गर्ने विभिन्न वाहानमा नेपालमा भारत सबै प्रकारको नाकाबन्दी गर्न चाहन्छ भारत कि तराई सिक्किमीकरण नहुनेझेलसम्म ।





