काठमाण्डौँ,
एमालेले संविधान संशोधनको विरुद्धमा थप तथा कडा आन्दोलन गर्ने जनाएको छ । सोमबार दिउँसो सिंहदरबारको एमाले संसदी दलको कार्यलयमा बसेको एमालेको बैठकले आन्दोलनलाई शसत्त बनाउने निर्णय गरेको हो ।
बैठकमा सभामुखले ढाकेको ३ दलको शिर्ष नेताहरुको बारेमा भएको छलफलको बारेमा पनि समिक्षा भएको थियो । सरकार संशोधनको पक्षमा जसरी पनि अगाडि बढ्न लागेपछि एमालेले सबै रणनिति अवलम्वन गर्न लागेको एमालेका सचेतक भानुभत्त ढकालले जानकारी दिनु भयो ।
व्यवस्थापिका संसदमा सरकारले कसरी प्रस्तुत हुन्छ त्यसरी नै एमाले पनि प्रस्तुत हुने र आगामी पौष १७ गते खुल्लामञ्चमा हुने कार्यक्रमलाई भव्य बनाउने पनि निर्णय गरेको छ ।