पाल्पा,
सरकारले पेश गरेको संशोधनको प्रस्तावमा प्रदेश न. ५ विभाजनको विरुद्धमा भएको आमहड्ताल सयूक्त आन्दोलन समितिले फिर्ता लिएको हो । पाल्पामा प्रदेश नं ५ टुक्रयाउने विषयलाई आधार बनाएर लगातार भइरहेको आन्दोलन र आम हड्ताल फिर्ता भएको हो ।
तर संविधान संशोधन संसदबाट फिर्ता नभएसम्म जनतालाई दुख नहुने किसिमको रचानात्मक आन्दोलन गर्ने जनाएको छ ।
माओबादी केन्द्र, नेपाली कांग्रेस सरकारमा भए पनि ५ नं प्रदेश टुक्रयाउने विरुद्ध सबै एकै ठाउमा आएका हुन् । आन्दोलन रोकिएको होईन केहि शान्त पारिएका हो यसलाई कमजोरी नआक्न सरकारलाई अनुरोध गर्दछौ नेपाली कांग्रेसका झपेन्द्र गैँरेले भने ।